४ पुस २०८२, शुक्रबार | December 19, 2025

इजिप्टमा रेल दुर्घटना ३२ जनाको मृत्यु, ६६ जना घाइते



सोहाग(सिन्ह्वा) । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ ।

दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएका हुन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ ।

घटना बारे अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको