१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्याे ‘रस अल हिक्मा’ शहर



काठमाडौं । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ ।

यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ । इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो । यो देशको नाम युएइ हो । युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर सहर हो । यद्यपि, यो शहर इजिप्टले बेच्न बाध्य भयो। ‘रास अल हिक्मा’ पर्यटकको मनपर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इजिप्टले यो सहर खरिद गरेपछि युएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम सुरु गर्ने भएको छ । यहाँ युएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ ।

यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत सेयर छ । यदि यो योजना सफल भयो भने यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ। युएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै सहर खरिद गर्न चासो देखाएका छन् ।

इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ । जसका कारण ठूला सहरहरु बेच्न बाध्य भइरहेका छन् । वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन । भर्खरै इजिप्टले साउदी अरेबिया र युएईजस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो तर ती दुवै देशले निराश बनाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १ : १९ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।