२६ आश्विन २०८३, सोमबार | October 12, 2026

इजिप्टमा रेल दुर्घटना ३२ जनाको मृत्यु, ६६ जना घाइते



सोहाग(सिन्ह्वा) । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ ।

दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएका हुन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ ।

घटना बारे अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ३० बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई