१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भारतीय प्रधानमन्त्री मोदीको विरोधमा बंगलादेशमा हिंसात्मक प्रदर्शन, पाँच जनाको मृत्यु, कैयौं घाइते



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा बंगलादेशमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका क्रममा ढाका पुगेका थिए । मोदीको विरोधमा बंगलादेशको चट्टगाउँमा ठूलो प्रदर्शन भएको थियो । पुलिससँग भएको झडपमा कमसेकम चार जनाको ज्यान गएको बीबीसी बाङ्गलाले जनाएको छ । भडपका क्रममा घाइते भएकाहरु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार नमाज पछि ढाकाको बैतुल मकर्रम इलाकामा प्रदर्शन भएको थियो । त्यससमय प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा कैयौं संचारकर्मी समेत घाइते भएका थिए ।

बंगलादेशी संचारमाध्यमका अनुसार चट्टगाउँमा नमाजपछि हथाजरी मदरसाबाट विरोध प्रदर्शन सुरु भएको थियो । पछि प्रहरीसगँ झडप भएको थियो ।

हिफाजत ए इस्लाम नामक संगठनका नेता मुजिबुर रहमान हामिदीले उनका समर्थकहरुको मृत्यु भएको पुष्टि गरेका छन् । उनले प्रहरीले प्रदर्शनकारीमाथ गोली चलाएको आरोप लगाएका छन् ।

प्रदर्शनकारीले हथाजरी प्रहरी कार्यालमा तोडफोड गरेका थिए । बंगलादेशमा केही दिन यता मुस्लिम एवं वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री मोदीको विरोधमा प्रर्दशन गरिरहेका छन् । उनीहरुले मोदी साम्प्रदायिक भएको आरोप लगाएका छन् । शेख मुजिबुर रहमानले धर्मनिरपेक्ष राष्ट्रका लागि संघर्ष गरे पनि उनकै शतवार्षिकी कार्यक्रममा साम्प्रदायिक व्यक्तिलाई निम्ता गरिएको उनीहरुको आरोप रहेको छ ।

मोदी बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदको निमन्त्रणामा रहमानको शतवार्षिकी कार्यक्रममा भाग लिन ढाका पुगेका हुन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : २८ बजे

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो