१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

घाँटीमा मासु अड्केर वडा अध्यक्षको मृत्यु



महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

“घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “उपचारका क्रममा राति मृत्यु भयो ।”

उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए । शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । “वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएको भनिएको छ”, थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ११ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा