११ चैत्र २०८२, बुधबार | March 26, 2026

नेपालगन्जकाे जमुनाहा नाका हुँदै नेपाल प्रवेश गरिरहेका नेपालीमा कोरोना पुष्टि



नेपालगन्ज । भारतमा कोरोनाको दोस्रो महामारी फैलिएसँगै भारतबाट नेपाल फर्केका नेपालीहरुमा पनि कोरोना फोजेटिभ देखिने क्रम सुरु भएको छ । बिभिन्न खुल्ला नाकाहुँदै नेपाल प्रवेश गर्नेहरुको चुकजाँच हुन नसकेपनि मुख्य नाकाहरुमा राखिएको हेल्थ डेस्कबाट कोरोना पुष्टि हुने क्रम सुरु भएको छ ।

भारतबाट नेपालगन्जको जमुनाह नाका हुदै नेपाल भित्रिएका थप दुईजनामा कोरोना पुष्टि भएको छ । शुक्रबार भारतको गुजरातबाट घर फर्कँदै गरेका रोल्पाका एक पुरुष र आज (शनिबार) महाराष्टबाट जमुनाहा हुँदै नेपाल प्रवेश गरेका बर्दियाका अर्का पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

दुवैजनालाई जमुनाह नाकामा जाचँ गर्दा कोभिड १९ पोजेटिभ देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जनाएका छन् । मुख्य नाकाहरुमा प्रशासनले कडाई गर्दै हेल्थ डेस्क स्थापना गरेपनि तराईका अधिकांस स्थानमा रहेका खुल्ला नाकाहरुबाट भने हरेक दिन नेपाली र भारतीय नागरिकको आउने जाने क्रम जारी रहेका कारण सिमावर्ती बजारहरुमा कोरोनाको जोखिम बढी देखिएको छ ।

भारतबाट नेपाल आउने नागरिकमा कोरोना देखिन थालेसँगै बाँके प्रशासनले सिमामा कडाई गरेको छ । औषधी उपचार, अध्ययनको अत्यावश्यक अवस्था वा भारतीय पल्टनमा जागीरेृहरु बाहेक अन्यलाई बिना कारण भारत नजान बाँके प्रशासनले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ०० बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई