२ पुस २०८२, बुधबार | December 18, 2025

मधेसी दल र जनतालाई ठूला दहरुले संकटको बेला मात्रै सम्झने गरेको छ : महन्त ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओली बाहेक सबै दलका शिर्श नेतालाई मधेस आन्दोलनका बिषयमा लिखित माग गरेपनि मधेसको माग पुरा नभएको बताएका छन् ।

शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफ्ना माग सम्बोधन गर्ने बचन दिएको बताए। उनले प्रधानमन्त्रीले मुखले बोलेकै कारण आफुलाई बिश्वास नभएको भन्दै लिखित रुपमा सम्झौता भएपछि मात्रै आफूले विश्वस गर्ने बताए।

उनले ओली सरकारमा भएका कारण आफूहरुले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि आफुहरुले ओलीलाई समर्थन नगरेको र प्रचण्डले ओली सरकारलाई समर्थन गरेको बताए। उनले सरकारमा ओली भएका कारण उनीसँग वार्ता हुनु स्वाभाविक भएको ठाकुरले बताए ।

‘ओलीलाई समर्थन तपाईंहरु (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि ? ’, प्रचण्ड तिर फर्केर ठाकुरले प्रश्न गरे ।

उनले आफूहरुले मधेसी जनताका माग सडकबाट उठाए पनि सुनुवाई नभएको बताए। उनले आन्दोलनको नेतृत्व आफुहरुले गरेको भन्दै मुद्दा आफुहरुलाई पनि लाग्नु पर्नेमा नेताहरुलाई मुद्धा नलगाई सांसद, मेयर र पालिका अध्यक्षहरुलाई मुद्धामा फँसाईएको बताए ।

उनले मधेसी दल र जनतालाई ठूला दहरुले संकटको बेला मात्रै सम्झने गरेको बताए। उनले भने, ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ। अरुबेला हाम्रो खोजी हुँदैन।’

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : ३८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल