३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

ईन्द्रेणीको स्थापना दिवसमा रचनात्मक कार्यक्रम



बुटवल । बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६ औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

सहकारीले अघिल्लो दिन महिलाहरुका लागि प्रजन्न स्वास्थ्य कार्यक्रम र शनिबार रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण अर्यालले जानकारी दिए ।

संस्थाका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष मित्रबहादुर शाक्य, शिवलाल राना, सल्लाहकार दल बहादुर थापा, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, नरबहादुर रजाली लगायतले रगतदानको महत्व ठुलो भएकाले समय समयमा रगत दान गरेर मानवीय सेवा गर्नु आवश्यक रहेको बताए ।

यसअघि सहकारीले स्थापना दिवसको अवसर पारेर महिलाहरुका लागि प्रजनन् स्वास्थ्यका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको सचिव माया गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : १४ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता