१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पत्रकार महासंघको केन्द्रीय समितिको मनोनयन दर्ता, अध्यक्षमा ५ जनाको उम्मेदवारी (सम्पूर्ण नाम सहित)



बुटवल । पत्रकार महासंघको केन्द्रीय समितिका लागि परेको उम्मेदवारीको प्रारम्भिक नामावली महासंघको निर्वाचन समितिले प्रकाशन गरेको छ ।

निर्वाचन समितिले प्रकाशन गरे अनुसार अध्यक्ष पदमा ५ जनको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा ४ जना, महिला उपाध्यक्षमा २ जना, समावेशी उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिव खेल्लामा ६ जना, सचिव महिलामा २ जना, सचिव आदीबासी जनजातीमा ३ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरि सचिव मधेसीमा ४ जना, सचिव दलितमा ५ जना, सचिव एशोसियतमा ६ र कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशबाट केन्द्रीय सदस्य पदमा प्रदेश नम्बर १ बाट ६ जना, प्रदेश नम्बर २ बाट ७ जना, बागमती प्रदेशबाट ७ जना, गण्डकी प्रदेशबाट ७ जना, लुम्बिनी प्रदेशबाट १० जना, कर्णाली प्रदेशबाट ७ जना र सुदुर पश्चिम प्रदेशबाट ५ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरि उपत्यका प्रदेशबाट ८ जना, प्रतिस्थान प्रदेशबाट ७ जना, संस्थागतबाट ५ जना, खुल्लाबाट २७ जना, मधेसी महिलाबाट ३ जना, आदीबासी जनजातीबाट २ जना, महिला खस आर्यबाट ६ जना, महिला सदस्य दलितबाट ३ जना, आदीबासी जनजाती (१ महिला अनिवार्य)बाट ६ जना, दलित(१ महिला अनिवार्य) बाट ९ जना, मधेसी (१ महिला अनिवार्य)बाट ७, सदस्य अपाङ्ता बाट ४ जना तथा सदस्य अल्पसंख्यतबाट २ जनाको उम्मेदवारी परेको छ ।

महासंघको लेखा समिति संयोजकमा ३ जना, सदस्य खुल्ला तर्फ ३ जना, लेखा समिति महिला तर्फ ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले चैत्र १७ गते दिउँसो २ बजे सम्म दाबी बिरोधको समय तोकेको छ भने १७ गते दिउँसो ३ बजे सम्ममा फिर्ता लिन चाहने उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको समय दिईएको छ । १७ गते सांझ ६ बजे केन्द्रका लागि दरखास्त दिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रेस युनियनको अगुवाईमा १२ वटा दल निकट पत्रकारहरुको संगठनले बिपुल पोखरेलको अध्यक्षतामा प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रधानमन्त्री ओली निकट प्रेस चौतारीको नेतृत्वमा प्रेस मञ्च, बिप्लप पक्षको जनपत्रकार संघले प्यानल सहित उम्मेदवारी दर्ता गराएको छ ।

एमाले निकट प्रेस चौतारी र विप्लव नेतृत्वको नेतृत्वको नेकपा निकट जनपत्रकार संघ बिभाजित अवस्थामा उम्मेदवारी दर्तामा सामेल भएका छन् ।

चैत्र २५ गते देशभरका शाखाहरुबाट महासंघका सदस्यहरुले मतदान गर्ने छन् ।

उम्मेदवारको विवरण  :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/notice_fnj.pdf”]

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ४३ बजे

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण