१७ चैत्र २०८०, शनिबार | March 30, 2024

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही बेपत्ता



बलेवा । बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । अन्य केही व्यक्ति हताहती भएको बताइएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले आशङ्का गरे ।

मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : १६ बजे

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

बागलुङ । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय

आइपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदैँ

काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो