२३ बैशाख २०८१, आइतबार | May 5, 2024

त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय कप फुटबल प्रतियोगिताको आज फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्ने भएका छन् ।

काठमाडौंको दशरथ रङ्गशालामा आज साँझ ५ः३० बजे हुने फाइनल खेलमा घरेलु टोली नेपालले कीर्गिस्तान र बंगलादेश दुबैसँग गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो भने बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १(० र दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । त्यस्तै बङ्गलादेश शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

आजको खेलमा नेपाल उपाधि जित्ने योजनामा छ । लिग चरणको यसअघि भएको खेलमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुको ध्यान स्कोरमा रहने बताए। प्रतियोगिताभर स्कोर गर्न नसकेको स्वीकार्दै उनले यसअघि पनि प्रयास गरेको भए पनि आजको खेलमा प्रयासलाई नजितामा निकाल्ने योजना रहेको बताए।

बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ४४ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ