१ पुस २०८२, मंगलबार | December 16, 2025

ललिता निवास जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश



काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाउने गरी भएको मन्त्रिपरिषदका निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

ललितानिवासको जग्गाबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईका सरकारले गरेको चारवटा निर्णय झिकाउन सर्वोच्चले आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दिएको रिटमाथि न्यायाधीशद्वय अनिल सिन्हा र हरि फुयाँलको संयुक्त इजलासले सो सोमबार आदेश गरेको हो।

ललितानिवासको जग्गा व्यक्तिको नाममा सट्टापट्टा गर्ने निर्णय गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषदले नीतिगत निर्णय गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । नक्कली मोही खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै अख्तियारले उनीहरुमाथि पनि मुद्दा चलाउनुपर्ने माग न्यौपानेले गरेका थिए ।

सर्वोच्चले माधवकुमार नेपाल र बाबुराम भट्टराईले ललितानिवासको जग्गाबारे २०६६ देखि २०६९सालसम्म गरेका ४ निर्णय मगाउने आदेश गरेको हो ।

नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषदले २०६६/१२/२९, ०६७/०१/३१, ०६७/०४/२८ र ०६९/०६/१८ मा ललिता निवासको सरकारी जग्गाबारे निर्णय गरेको थियो। ती सबै निर्णय झिकाउन आज सर्वोच्चले आदेश गरेको छ ।

 

 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ०८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा