४ पुस २०८२, शुक्रबार | December 20, 2025

थरुहटसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन



काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।

सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको बताएका हुन् ।

वार्ता टोलीको अन्य सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेका छन् ।

थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरिएको मन्त्री गुरुङले स्पष्ट पारे ।

थरुहट आन्दोलनरत पक्षले लामो समयदेखि रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको