१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीद्वारा वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारवाही, ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन



काठमाडौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल एवं उपाध्यक्ष भीम रावललाई कारवाही गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षको वर्चस्व रहेको एमालेले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो । अध्यक्ष ओलीले दुवै नेतालाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारवाही गरेको पत्र पठाएका छन् ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गर्दै पूर्ववत नेकपा एमाले ब्यूँताइदिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाल पक्षमाथि पेल्न सुरु गरेका थिए ।

साविक नेकपा हुँदा आफुमाथि कारवाही गरेको प्रतिशोध साँध्न ओलीले फागुन २८ गते आफु निकटमात्रै केन्द्रीय सदस्यहरु बोलाएर त्यसैलाई केन्द्रीय कमिटीको बैठक भन्दै पदाधिकारी खारेजको निर्णय र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको घोषणा गरेका थिए । ओलीले सोही बैठकबाट आफुलाई साथ दिने माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्यमा चयन गरेका थिए ।

त्यसको विरोध गर्दै चैत्र ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय भेलाको आयोजना गरेको थियो । त्यसको अगुवाई नेपाल र रावलले गरेका थिए । एमालेभित्र आफ्नो चर्को आलोचक रहेका नेपाल र रावललाई कारवाही गरेर ओलीले नेपाल निकट अन्य नेताहरुलाई कारवाही सहने या चुपचाप गल्ती स्वीकार्दै आफ्नो पक्षमा आउन चेतावनी दिएका छन् ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ४४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा