५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो



काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीको बागमती प्रदेश संसदीय दलले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन् ।

बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार बसेको दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले अब नयाँ राजनीतिक समीकरणअनुसार मिल्न सक्ने दलसँग सहकार्य गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने बताए ।

थपलियाले नेकपासँग सत्ता सहकार्यको सम्भावना रहेको दाबी गर्दै प्रदेशमा नयाँ गठबन्धन बन्ने संकेत गरे ।

यसअघि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भक्तपुरस्थित ओली निवासमा समसामयिक राजनीतिक अवस्था र सत्ता समीकरणबारे छलफल भएको थियो । सोही भेटवार्तापछि बागमती प्रदेशको राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ३९ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय