२१ भदौ २०८३, आइतबार | September 6, 2026

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो



काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीको बागमती प्रदेश संसदीय दलले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन् ।

बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार बसेको दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले अब नयाँ राजनीतिक समीकरणअनुसार मिल्न सक्ने दलसँग सहकार्य गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने बताए ।

थपलियाले नेकपासँग सत्ता सहकार्यको सम्भावना रहेको दाबी गर्दै प्रदेशमा नयाँ गठबन्धन बन्ने संकेत गरे ।

यसअघि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भक्तपुरस्थित ओली निवासमा समसामयिक राजनीतिक अवस्था र सत्ता समीकरणबारे छलफल भएको थियो । सोही भेटवार्तापछि बागमती प्रदेशको राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ३९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका