६ बैशाख २०८१, बिहिबार | April 18, 2024

आफ्नै मतदाताबाट लखेटिएपछि अर्थमन्त्रीको दवावमा रुपन्देहीका सुरक्षा प्रमुखहरुको सरुवा !



बुटवल । आफ्नै गृह जिल्लामा आफ्नै मतदाताबाट लखेटिनु परेपछि अर्थमन्त्री एवं रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले गृह प्रशासन अन्तर्गतका जिल्लाका ३ वटै सुरक्षा प्रमुखहरुको सरुवा गराएका छन् । जिल्लामा सरुवा भएर आएको ६ महिना पुरा नहुँदै उनीहरुको सरुवा भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल तथा शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाको सरुवा गरिएको छ । घिमिरेको पर्सा सरुवा भएको छ भने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ रुपन्देही आउने भएका छन् । त्यसैगरि प्रहरी प्रमुख पोखरेलको स्थानमा प्रहरी उपरीक्षक मनोज कुमार केसी आउने भएका छन् ।

रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रस्तावित औद्योगिक करिडोरमा स्थानीयको व्यवस्थापन बिना जबर्जस्ती शिलान्यास गरिएको भन्दै अर्थमन्त्री पौडेलसहित उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई शिलान्यास कार्यक्रम समेत सम्पन्न हुन नदिई स्थानीयले लखेटेका थिए ।

गत फागुन २१ गते मोतिपुरमा वातावरणीय प्रभाव मुल्याँकन समेत पुरा नगरि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दुई मन्त्रीलाई बोलाएर शिलान्यास गराएको थियो ।

अर्थमन्त्री पौडेलको दवावमा गृहमन्त्रालयले ती अधिकारीहरुको सरुवा गरेको स्रोतले दाबी गरेको छ । शिलान्यास कार्यक्रम चलिरहेका बेला स्थानीयले अवरोध गरेपछि पटक पटक स्थानीय र प्रहरीकाबीच झडप भएको थियो । कार्यक्रममा पौडेलले सम्बोधन गरिरहेका बेला स्थानीयबाट माइकको लाइन काटेर मञ्चमा ढुंगामुढा गरेपछि सम्बोधन बीचमै पौडेलसहित मन्त्री भट्टको टोली मोतिपुर छाडेर हिंडेका थिए ।

अर्थमन्त्री पौडेलले निर्वाचनका बेला स्थानीयको बसोबासको ग्यारेन्टी नहुँदा सम्म औद्योगिक क्षेत्रको काम अगाडि नबढ्ने प्रतिबद्धता व्यक्त गरेपनि उनीहरुको व्यवस्थापन बिना औद्योगिक क्षेत्र निर्मणको काम अगाडि बढाईएको स्थानीयवासीले गुनासो गरेका छन् ।

सरकारले मोतिपुर औद्योगिक क्षेत्रलाई व्यवस्थापन गर्ने क्रममा ८ सय १३ बिगाहा जग्गा अधिग्रहण गरेको थियो । त्यसमा मोतिपुरमा ५५ वर्षदेखि बसोबास गर्दै आएका तीन हजार ६२ परिवारको २ सय ५० विगाहा जग्गा पनि परेपछि स्थानीय २०७३ सालदेखि नै आन्दोलित छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ३९ बजे

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज