१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

काठमाडौं-इस्लामावाद सीधा हवाई उडान आवश्यक रहेकोमा जोड



काठमाडौं । नेपाल र मित्रराष्ट्र पाकिस्तानबीच सीधा हवाई उडान पुनः सुचारु गर्न पहल गर्नुपर्ने विषयमा जोड दिन थालिएको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशबीच सीधा हवाई उडान आवश्यक रहेको बताएका छन् ।

रावलपिण्डी चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत अधिकारीले दुई देशबीच सीधा हवाईं उडान सम्पर्क भए दुईपक्षीय व्यापार र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।

अधिकारले सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक सम्बन्धले पनि फड्को मार्ने विश्वास व्यक्त गर्दै त्यसका लागि आफुले समेत पहल गर्ने बताए । यसका लागि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पीआईएले पहल सुरुगर्नेपर्ने उनले सझाव दिए । राजदूत अधिकारीले हवाई सम्बन्धका लागि पाकिस्तानी अधिकारीहरुसँग समेत बारम्बार छलफल गर्दै आएका छन् ।

राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच हार्दिक सम्बन्ध रहेको बताउँदै दुई देशमा जनस्तरको समेत सम्बन्धलाई थप विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

केही वर्ष पहिलेसम्म काठमाडौं–इस्लामावाद सीधा हवाई सम्बन्ध थियो । पीआईएले इस्लामावाद काठमाडौं उडान गर्दथ्यो । तर, भारत र पाकिस्तानको सम्बन्ध बिग्रँदै जाँदा भारतले आफ्नो आकाशमाथि पीआईएको उडान प्रतिबन्ध लगाएपछि यो सम्बन्ध टुटेको छ ।

काठमाडौं–इस्लामावाद हवाई सम्बन्ध नहुँदा अहिले पाकिस्तान जान र आउन खाडी मुलुक कतार र यूएईको ट्रान्जिटमा बस्नुपर्ने बाध्यता छ । जसका कारण जम्मा अढाई घण्टाको हवाई रुट पार गर्न झण्डै २४ घण्टा बिताउनुपर्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ५० बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद