६ बैशाख २०८१, बिहिबार | April 19, 2024

काठमाडौं-इस्लामावाद सीधा हवाई उडान आवश्यक रहेकोमा जोड



काठमाडौं । नेपाल र मित्रराष्ट्र पाकिस्तानबीच सीधा हवाई उडान पुनः सुचारु गर्न पहल गर्नुपर्ने विषयमा जोड दिन थालिएको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशबीच सीधा हवाई उडान आवश्यक रहेको बताएका छन् ।

रावलपिण्डी चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत अधिकारीले दुई देशबीच सीधा हवाईं उडान सम्पर्क भए दुईपक्षीय व्यापार र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।

अधिकारले सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक सम्बन्धले पनि फड्को मार्ने विश्वास व्यक्त गर्दै त्यसका लागि आफुले समेत पहल गर्ने बताए । यसका लागि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स पीआईएले पहल सुरुगर्नेपर्ने उनले सझाव दिए । राजदूत अधिकारीले हवाई सम्बन्धका लागि पाकिस्तानी अधिकारीहरुसँग समेत बारम्बार छलफल गर्दै आएका छन् ।

राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच हार्दिक सम्बन्ध रहेको बताउँदै दुई देशमा जनस्तरको समेत सम्बन्धलाई थप विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

केही वर्ष पहिलेसम्म काठमाडौं–इस्लामावाद सीधा हवाई सम्बन्ध थियो । पीआईएले इस्लामावाद काठमाडौं उडान गर्दथ्यो । तर, भारत र पाकिस्तानको सम्बन्ध बिग्रँदै जाँदा भारतले आफ्नो आकाशमाथि पीआईएको उडान प्रतिबन्ध लगाएपछि यो सम्बन्ध टुटेको छ ।

काठमाडौं–इस्लामावाद हवाई सम्बन्ध नहुँदा अहिले पाकिस्तान जान र आउन खाडी मुलुक कतार र यूएईको ट्रान्जिटमा बस्नुपर्ने बाध्यता छ । जसका कारण जम्मा अढाई घण्टाको हवाई रुट पार गर्न झण्डै २४ घण्टा बिताउनुपर्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ५० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी