१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एमाले विघटन गरेर माओवादीसँग एकता गर्ने अध्यक्ष ओली नै प्रचण्डको पहिलो मतियार : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणका प्रश्नमा अध्यक्ष ओली माथिनै मिल्दा प्रश्न सोधिएको बताएका छन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले स्पष्टीकरणमा सोधिएका अधिकांस प्रशनहरु झुठा र गलत भएको बताएका छन् । ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरु सोझिएका छन् ।’स्पष्टीकरणमा पाण्डेले भनेका छन् ।

प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधी प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गरेको भन्दै पाण्डेले आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हाँस्यास्पद भएको बताएका छन् ।

उनले साबिकको नेकपामा २८ कात्तिकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव तयार गर्न भूमिका खेलेको आरोप पनि झुठो भएको बताएका छन् । प्रचण्डको प्रस्तावलाई अध्यक्ष ओलीले अस्विकार गर्दै बैठकमै अनुपस्थित हुँदै आएका थिए ।

उनले ओली स्वयमले पार्टीलाई विभाजनको दिशातर्फ लगेका बेला देशभरीबाट आएका कार्यकर्ताले पार्टी एकताबद्ध भएर जानु पर्ने अभिमत दिएको भन्दै ओलीले देशभरबाट आएका कार्यकर्तालाई धन्यवाद दिनुपर्ने बताएका छन् । स्पष्टीकरणमा नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलालाई गुट भेला भन्दै भेला बोलाउनुको कारण सोधिएको थियो ।

उनले नेपाल पक्षले संगठितरुपमा उठाउँदै आएको पार्टी एकतालाई जोगाउन २ जेठ २०७५ मा फर्किनुको विकल्प नभएको भनाई स्पष्टीकरणमा पनि दोहो¥याएका छन् ।

स्पष्टीकरणको पूर्णपाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/Clarification_Surendra-Pandey.pdf” title=”Clarification_Surendra Pandey”]

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ४९ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को