१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

एमाले विघटन गरेर माओवादीसँग एकता गर्ने अध्यक्ष ओली नै प्रचण्डको पहिलो मतियार : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणका प्रश्नमा अध्यक्ष ओली माथिनै मिल्दा प्रश्न सोधिएको बताएका छन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले स्पष्टीकरणमा सोधिएका अधिकांस प्रशनहरु झुठा र गलत भएको बताएका छन् । ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरु सोझिएका छन् ।’स्पष्टीकरणमा पाण्डेले भनेका छन् ।

प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधी प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गरेको भन्दै पाण्डेले आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हाँस्यास्पद भएको बताएका छन् ।

उनले साबिकको नेकपामा २८ कात्तिकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव तयार गर्न भूमिका खेलेको आरोप पनि झुठो भएको बताएका छन् । प्रचण्डको प्रस्तावलाई अध्यक्ष ओलीले अस्विकार गर्दै बैठकमै अनुपस्थित हुँदै आएका थिए ।

उनले ओली स्वयमले पार्टीलाई विभाजनको दिशातर्फ लगेका बेला देशभरीबाट आएका कार्यकर्ताले पार्टी एकताबद्ध भएर जानु पर्ने अभिमत दिएको भन्दै ओलीले देशभरबाट आएका कार्यकर्तालाई धन्यवाद दिनुपर्ने बताएका छन् । स्पष्टीकरणमा नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलालाई गुट भेला भन्दै भेला बोलाउनुको कारण सोधिएको थियो ।

उनले नेपाल पक्षले संगठितरुपमा उठाउँदै आएको पार्टी एकतालाई जोगाउन २ जेठ २०७५ मा फर्किनुको विकल्प नभएको भनाई स्पष्टीकरणमा पनि दोहो¥याएका छन् ।

स्पष्टीकरणको पूर्णपाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/Clarification_Surendra-Pandey.pdf” title=”Clarification_Surendra Pandey”]

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ४९ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको