६ बैशाख २०८३, आइतबार | April 19, 2026

आईएमई जुनियर खुला टेनिस : निमिशालाई हराउँदै आजा क्वार्टरफाइनलमा



काठमाडौं । निमिशा ढकाललाई हराउँदै आजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस यु–१६ विधाको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन ।

मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गल्र्स तर्फको खेलमा आजाले निमिशा ढकाललाई ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन । यु–१६ कै अर्को स्पर्धामा डोमा शेर्पाले रायाना शाहलाई ६–० र ६–० को सेटमा पराजित गर्दा अर्को खेलमा एलिसा गुरुङले त्रिशिमा शर्मालाई ६–२ र ६–३ को सेटमा पराजित गरिन । डोमा र एलिसा पनि अन्तिम आठमा प्रवेश गरे ।

यु–१६ कै अर्को खेलमा सर्भानी श्रेष्ठले अनुस्का धोजुलाई ६–० र ६–० ले स्तब्ध पारिन । प्रतियोगिता अन्तर्गत मंगलबारै सम्पन्न ब्वाइज यु–१२ तर्फको खेलमा अदिृत नेपालले जिवन सुनारलाई ६–१ र ६–१ को सेटमा पराजित गर्दा शास्वत ब्रर्जाचार्यले खेम गुरुङलाई ६–० र ६–१ तथा अविर श्रीवास्तवले स्प्रश तिमिल्सिनालाई ७–६ र ७–५ को सेटमा पराजित गरेर अन्तिम ८ मा प्रवेश गरे ।

गल्र्स यु–१२ तर्फ सिभानी गुरुङ वाक ओभर पाउँदै अघिल्लो चरण प्रवेश गरिन । गल्र्स यु–१४ तर्फ भने जेनी खड्का र आध्या पौडेलले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरे ।

उमेर समूहबाट नै टेनिस खेलमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको टेनिस प्रतियोगितामा कुल १ सय ५ खेलाडीले सहभागिता जनाउँदैछन । डाक्टर भगवान कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा ब्वाइज तर्फ ६५ जना र गल्र्सतर्फ ४० खेलाडीले प्रतिस्पर्धा गर्दै छन । आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ०० बजे

कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके । बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

म्याग्दी । धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ

रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांगठनिक तथा संरचनागत सुधारका