७ चैत्र २०८२, शनिबार | March 21, 2026

खोटाङमा भूकम्पपछि १०६ वटा सामुदायिक विद्यालयको भवन पुनः निर्माण



खोटाङ । महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ ।

विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो ।

भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १०६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले बताए । गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको जनाइएको छ ।

गैससले अब दुईवटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् । जिल्ला कार्यान्वयन एकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ ।

निर्माण सम्पन्न गर्न बाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिए । । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भइरहेको जनाइएको छ ।

एकाइले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ । पुनःनिर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ । रु १५ लाख लागतमा निर्माण भएका सबै विद्यालयका शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन/फेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा रु सात लाख ४० हजार लागतमा खानेपानी योजना सञ्चालन गरिएको जनाइएको छ । भूकम्प गएको चार वर्ष बित्दा खोटाङमा निजी आवास पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कुल आठ हजार ८२३ लाभग्राही रहेका छन् । कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ता बापत रु ५० हजार, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बापत रु एक लाख बुझेका छन् । रासस

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : २६ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न