२३ बैशाख २०८१, आइतबार | May 5, 2024

महासंघमा ३८ पदका लागि १६५ पत्रकार चुनावी भिडन्तमा (अन्तिम नामावली सहित)



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्वतन्त्र र व्यवसायीक पत्रकारहरुको मात्र महासंघको नेतृत्वमा पुग्न सकुनभने प्रत्यक्ष निर्वाचनको प्रणाली बनाईएपनि यसपटक महासंघको नेतृत्वका लागि सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको छुट्टा(छुट्टै समूह निर्माण भएका छन् ।

५ जनाको उम्मेदवारी परेको अध्यक्ष पदमा १ जनाको फिर्ता भएपछि ४ जना भिड्ने पक्का भएको छ । अध्यक्ष पदमा सरकार पक्षबाट निर्मला शर्मा र सरकार विरोधी गठबन्धनबाट बिपुल पोखरेल निर्वाचनमा भिड्ने छन् भने अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी र रामप्रसाद दाहालको पनि उम्मेदवारी परेको छ । दाहाल बिपुलका बागी उम्मेदवार हुन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएपछि माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् ।

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।

महासचिवमा राजेश मिश्रले फिर्ता लिएपछि बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतमबीच प्रतिस्पर्धा हुने छ ।

उम्मेदवारको अन्तिम नामावली :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/notice_1617112715-final.pdf” title=”notice_1617112715 final”]

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ३३ बजे

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा