१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

माटो खन्ने क्रममा पुरिएर एकको मृत्यु, दुई घाइते



डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अमरगढी नगरपालिका-७ स्थित उग्रतारा मन्दिर नजिकैको जङ्गल छेउमा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर वडा नम्बर ७ ऐरीगाउँकी नारुदेवी ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज दिउँसो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अन्य दुई घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा सोही गाउँकी सारदा ऐर र कमला विक रहेका छन् । घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ४२ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज