२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जसपाले ओली सरकारको घाँस खाँदैन : डा. बाबुराम भट्टराई



काठमाडौ । पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी ओली सरकारमा नजाने प्रष्ट पारेका छन् ।

विहीबार सामाजिक संजालमा ट्विट गदै डा भट्टराईले ‘जसपाले ओली सरकारको घाँस खान्न चेतना भया’ भन्दै सरकारमा नजाने प्रष्ट पारेका हुन् ।

डा. भट्टराईले भनेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस, बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस र कम्युनिष्ट पंचायत छिरेका थिए ।’

भट्टराईले अर्को ट्वीट गर्दै प्रतिगमनको खतरा नटरेको जिकिर गर्दै प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिन नहुने बताएका छन् । उनले क्षणिक लाभ नलिइ उसलाई विदा गरेर संविधान रलोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन् रहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘पहिलो बाटो तुलसी गिरी र केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी र पुष्पलालको हो । वुद्धि र विवेकको प्रयोग गरेर आफै रोजौं !

 

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ३ : ३८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको