२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

जसपाले ओली सरकारको घाँस खाँदैन : डा. बाबुराम भट्टराई



काठमाडौ । पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी ओली सरकारमा नजाने प्रष्ट पारेका छन् ।

विहीबार सामाजिक संजालमा ट्विट गदै डा भट्टराईले ‘जसपाले ओली सरकारको घाँस खान्न चेतना भया’ भन्दै सरकारमा नजाने प्रष्ट पारेका हुन् ।

डा. भट्टराईले भनेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस, बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस र कम्युनिष्ट पंचायत छिरेका थिए ।’

भट्टराईले अर्को ट्वीट गर्दै प्रतिगमनको खतरा नटरेको जिकिर गर्दै प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिन नहुने बताएका छन् । उनले क्षणिक लाभ नलिइ उसलाई विदा गरेर संविधान रलोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन् रहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘पहिलो बाटो तुलसी गिरी र केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी र पुष्पलालको हो । वुद्धि र विवेकको प्रयोग गरेर आफै रोजौं !

 

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ३ : ३८ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज