१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग



काठमाडौं । नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ ।

देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा नेपाली भाषाको नम्बर प्लेट राख्न माग गरेको हो ।

प्रतिनिधिमण्डलमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, प्रजातान्त्रिक कानून व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, नेपाल सांस्कृतिक सङ्घका प्रवक्ता कवि महेश प्रसाइँ एवं अभियानका संयोजक अधिवक्ता रामेश्वर राउत मातृदासलगायत सहभागी थिए ।

समूहले सभापति देउवालाई भेटेर भाषामा सार्वभौमसत्तासम्पन्न राष्ट्रको प्राण र नेपालीको अस्तित्व एवं महत्व गाँसिएको अदम्य शक्ति र ताकत भएकाले त्यसको रक्षा गर्न माग गरेको संयोजक राउतले जानकारी दिए ।

अभियानले भाषाको अस्तित्व जोगाउन मौजुदा देवनागरी लिपिलाई बचाउन सवारीसाधनमा आफ्नै भाषाको अक्षर र अङ्क यथावत् राख्न अनिवार्य भएको तथ्य प्रष्ट पार्दै ज्ञापन पत्रसमेत बुझाएको छ ।

नेपालको संविधान २०७२ को धारा-१९१०, धारा ७९१०, धारा-२८, धारा-३२९३०, धारा-१३३९२० र ९३० तथा धारा-२७४ को ९१० देखि ९१०० समेतको विपरीत र वर्खिलाप गरेर भाषाको लिपि, वर्णाक्षर, अङ्कर गोपनीयताको हकसमेत सधैँका लागि समाप्त पारेर १२५ जाति, १२३ संस्कृति र सभ्यतालाई एकमुष्ट रुपमा समाप्त पारेर सबै नेपालीलाई स्वदेशमा बसे बँधुवा दास र विदेशमा गए शरणार्थी दास बनाउने प्राकृतिक न्यायको सिद्धान्त विपरितको काम भइरहेकामा ज्ञापन पत्रमा असहमति जनाइएको छ ।

सोही क्रममा सभापति देउवाले भाषा र लिपिको रक्षाका लागि आफ्नो पार्टी सधैँ प्रतिवद्ध भइरहने दृढता व्यक्त गरे । अभियानले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली बनाउन अभियान चलाउने जनाएको छ । रासस

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ०१ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा