२३ बैशाख २०८३, बुधबार | May 6, 2026

युक्रेनमा महिलाको अवकास उमेर बढयो



एजेन्सी । युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् ।

सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकास पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो । युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकास दिने व्यवस्था रहेको थियो ।

अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो । महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।

सरोकारवालाहरुको सुझाव र आग्रहलाई ध्यान दिँदै महिलाको अवकास उमेर वृद्धि गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्याङ्क अनुसार युक्रेनमा पुरुषकोभन्दा महिलाको जनसङ्ख्या धेरै रहेको छ ।

पछिल्लो विवरण अनुसार महिलाको जनसङ्ख्या दुई करोड २४ लाख रहेको छ भने पुरुषको जनसङ्ख्या एक करोड ९३ लाख रहेको छ । तीमध्ये एक करोड ७६ लाखभन्दा बढी मानिस काम गर्ने समूहका रहेका छन् ।

ती मध्ये ४७.६ प्रतिशत महिला रहेका छन् । युक्रेनमा १५ बर्षभन्दा बढी उमेर भएकालाई काम गर्न सक्ने उमेर समूहमा राख्ने गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ३७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा