१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

कैलालीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



कैलाली । कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनाश हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन् ।

‘जंगली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ’, उनले भने, ‘उनीहरूको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ । जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।’ रासस

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा