१ पुस २०८२, मंगलबार | December 16, 2025

तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन



वीरगञ्ज । सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

तीस/तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरिया पर्ने भएकाले र त्यहाँ सडकको बीच भागमा २३ वटा सालको पुरानो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकखण्डमा पिच हुन नसकेको सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताए ।

वीरगञ्जदेखि ठोरीसम्म दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडक रु दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदानमा निर्माण भएको हो । सो सडकअन्तर्गत पहिलो प्याकेजमा वीरगञ्जदेखि चमरी टोलसम्म ३० किलोमिटर र दोस्रो प्याकेजमा चमरी टोलदेखि ठोरीसम्म ३० किलोमिटर गरी जम्मा ६० किलोमिटर लम्बाइ रहेको छ ।

विवादको कारण अहिले सो सडकमा ठोरी चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ सम्म जम्मा २७ किलोमिटर भागमा कालोपत्रे गरिएको छ भने तीन किलोमिटर सडकखण्डको मध्य भागमा २३ वटा सालको पुरानो रुख रहेको र सो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो सडकखण्डमा पिच हुन नसकेको सो कार्यालयका प्रतिनिधि रामनाथ चौधरीले बताए ।

“ठोरी गाउँपालिका वडा नं १ र २ मा रहेको रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकमा पिच हुन नसकेको हो”, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले राससलाई भने ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मणिनाथ बरालसँग सम्पर्क गर्दा उनले बीच सडकमा परेको रुख काट्ने निर्णय निकुञ्जले गर्न नसक्ने बताए । त्यसको लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेको उनले बताए । बीच सडकमा रहेको रुख हटाउन नसकिदा त्यस क्षेत्रमा सवारी आवागमनमा कठिनाइ भई दुर्घटनासमेत निम्त्याउने ठोरीवासीको भनाइ छ ।

तीन किलोमिटर सडकमा कालोपत्रे नगरिकनै सो सडक भारतीय कन्सलटेन्सीले हुलाकी राजमार्गलाई हस्तान्तरण गरेपछि त्यसको विरोध हुन् थालेको छ । भारतीय कन्सलटेन्सीका इञ्जिनीयर नुर आलमले हतारमा सो अधुरो सडक हुलाकी राजमार्गका प्रतिनिधि रामनाथ चौधरीलाई हस्तान्तरण गरी संयुक्तरुपमा उद्घाटनसमेत गरिसकिएको छ । चमरी टोलदेखि ठोरीसम्मको सडक निर्माण गर्ने ठेक्का कालिका बानियाँ जेभी कम्पनीले पाएको हो ।

सो अधुरो सडक हस्तान्तरण भएको विरोधमा ठोरीका बासिन्दा आन्दोलनमा उत्रेर निकुञ्ज मातहतको कार्यालयमा तालाबन्दी गरेका छन् । जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत निर्मलबस्ती ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनशक्ति सामुदायिक वनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक जगेन्द्र पौडेलले राससलाई बताए ।

ठोरीदेखि चितवनको माडीसम्म १४ किलोमिटर हुलाकी सडकमा अहिले ग्राभेल गरिएको छ । सो खण्डमा दैनिकजसो ठूला तथा सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । कालोपत्रे भएको हुलाकी सडकको छेउछाउको जग्गाको मूल्य अहिले आकासिएको छ ।

विगत आठ वर्षअघिसम्म मानिसलाई वीरगञ्जबाट ठोरी जान करिब चार घण्टा जति लाग्ने गथ्र्यो भने अहिले हुलाकी सडक बनेपछि एक घण्टामै ठोरी पुग्ने गरेको स्थानीय विजय पण्डितको भनाइ छ ।

ठोरीदेखि चितवनको माडीसम्म ग्राभेल सडकमा यातायातका सवारी साधन चल्न थालेपछि मानिसलाई ठोरी माडीसम्म आवतजावत गर्न सजिलो भएको छ । रासस

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ०३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको