१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

गाउँ रित्तिदै जान गएपछि बन्दीपुर गाउँपालिकाले बनायो नयाँ रणनीति



तनहुँ । बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो ।

गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाअन्तर्गत रहेका छ वडामा १० वटा घरबास सञ्चालन हुँदै आएका छन् । वडा नं २ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होमस्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको सचिव माया सुनारले बताइन् ।

कोरोना रोगको न्यूनीकरणसँगै घरबासमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकाले थप हौसला मिलेको उनले बताइन् । विशेष गरी उक्त घरबासमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाट्टफुट्ट देखिन थालेको सचिव सुनारले बताइन् ।

डेढ सयदेखि दुई सयसम्म पर्यटक राख्न सकिने क्षमताका घरबास रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उनले बताए । बेलुका खाना खानुअघि खाजा, खाना, बास, बिहान खाजा र खाना गरी रु ७०० को प्याकेज रहेको छ । आगामी वैशाख १ गतेदेखि प्याकेज शुल्कमा केही वृद्धि गर्ने योजना रहेको घरबास सञ्चालकले जनाएका छन् ।

गाउँगाउँमा घरबास सञ्चालन गर्न थालेपछि महिला व्यस्त हुने र पुरुष बाख्रा, कुखुरा, तरकारीलगायतका व्यावसायिक काममा लाग्न थालेपछि स्थानीयवासी स्वरोजगार बन्दै गएको घरबासकी अध्यक्ष दिलकुमारी रानाले बताइन् । रासस

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ०६ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा