१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी



काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज देशभर मतदान भैरहेको छ ।

बिहान ९ बजेबाट देशभरका विभिन्न मतदान केन्द्रमा मतदान भएको हो । काठमाडौं उपत्यकामा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल रहेको छ ।

काठमाडौंका सदस्यहरुले कमलादीस्थित प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान गरिरहेका छन् भने ललितपुरमा महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा मतदान भैरहेको छ ।

पत्रकार महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत नेतृत्व चयन हुन लागेको हो । जसअन्तर्गत केन्द्र, प्रदेश र शाखा एवं प्रतिष्ठानहरुको एकैपटक मतदान सुरु भएको हो । अपरान्ह ४ बजेसम्म मतदानको समयमा देशभरबाट देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले मतदान गर्नेछन् ।

प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएका कारण देशभरका साधारण सदस्यहरुले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई आ–आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् । प्रत्यक्ष निर्वाचन प्रणालीका लागि व्यवसायिक पत्रकारहरुले धेरै पहिलेदेखि आवाज उठाउँदै आएका थिए ।

केन्द्रमा अध्यक्षसहित कार्यसमितिका लागि विभिन्न राजनीतिक दलहरुसम्बद्ध पत्रकारहरुले आ–आफ्नो गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् भने स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीसहितका पत्रकारहरु पनि मैदानमा उत्रिएका छन् ।

पोखरेल कांग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र माधव नेपाल पक्षीय प्रेस चौतारीका साझा उम्मेदवार हुन् । यसैगरी शर्मा ओली पक्षीय प्रेस चौतारीका उम्मेदवार हुन् । पोखरेललाई ११ वटा विभिन्न संगठनहरुले समर्थन गरेका छन् ।

अहिले चयन हुने कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ३५ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा