१७ असार २०८३, बुधबार | July 1, 2026

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने, दुई मन्त्रीलेले राजीनामा दिँदै



पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिने भएका हुन् । माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेकामा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् ।

बुधबार बिहान बसेको माओवादीको प्रदेश संसदीय दलको बैठकले मन्त्रीद्वय चुमान र थापालाई राजीनामा दिन निर्देशन दिएको छ ।

प्रदेश सरकार बनेलगत्तै मुख्यमन्त्री गुरुङलाई समर्थन गर्दै माओवादी केन्द्रबाट चुमान र थापा मन्त्री बनेका थिए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेसँगै पूर्ववत अवस्थामा फर्किएका नेकपा (एमाले)को संस्थापन पक्ष र नेकपा (माओवादी केन्द्र)बीच अहिले कटुतापूर्णसम्बन्ध रहेको छ । एमालेभित्र माधवकुमार नेपाल पक्षसँग भने माओवादी केन्द्रको मित्रवत सम्बन्ध रहेको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ११ : ४८ बजे

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै