३ पुस २०८२, बिहिबार | December 18, 2025

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने विधेयक संसदमा पेश हुँदै



काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध हुँदाहुँदै तत्कालिन नेकपाको बुहमत रहेको विकास तथा प्रविधि समितिले तयार पारेको विधेयकको प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुन लागेको हो । प्रतिनिधिसभाको संभावित कार्यसूचिमा यो विधेयक पेश गर्ने उल्लेख गरिएको छ ।

विधेयकमा राखिएको प्रावधान अनुसार सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना हुनेछ । विधेयकमा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कैयौं प्रावधान रहेका छन् । अभिव्यक्ति स्वतन्त्रता संविधान प्रदत्त अधिकार हो ।

अनलाइन र सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक लगायत)मा सरकार र मन्त्रीहरुको विरोधमा लेखेकै आधारमा ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था उल्लेख गरिएको छ ।

यो विधेयक कानुन बनेमा अनलाइन सञ्चारमाध्यममा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार एवं सोही समाचार सामाजिक सञ्जालमा सेयर गरेको आधारमा आम सर्वसाधारण समेत जेल जानुपर्ने हुन सक्छ । सामाजिक सञ्जालमा लेखिएको सामाग्री समेत हटाउन सूचना तथा प्रसारण विभागलाई सामाजिक निर्देशन दिन सक्ने अधिकार विधेयकले दिएको छ ।

कानुन बनाएर संविधानले दिएको मौलिक हक खोस्न लागेको भन्दै विधेयकको चौतर्फी विरोध भएपछि यसअघि सरकार विधेयक पेश गर्नबाट पछि हटेको थियो । तर संसदमा पेश भएको विधेयक अड्किएको भन्दै सरकारले कुनै सुधार नगरी पुनः सोही विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गर्न लागेको हो ।

तत्कालिन नेकपाका सांसदहरुको बहुमतले सो विधेयकलाई २०७६ पुष दोस्रो साता विकास तथा प्रविधि समितिबाट पारित गरेको थियो । त्यतिबेलै नेपाली कांग्रेसका सांसदहरुले भने विधेयकको कडा विरोध गरेका थिए ।

यो विधेयक पास भएमा अनलाइन या सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर कुनै पनि व्यक्तिले उजुरी दिएमा लेख्ने व्यक्ति दण्डित हुनुपर्ने अवस्था आउने कानुनविदहरुले चेतावनी दिएका छन् । विधेयक हुबहु पास भए सरकारको विरोध गर्नेहरुलाई छानिछानि जेल पठाउन सक्ने अधिकार सरकारले प्राप्त गर्नेछ ।

 

 

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ३९ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको