१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको प्यानलै निर्वाचित, औपचारिक घोषणा हुन बाँकी



काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् ।

औपचारिक रुपमा नुवाकोट लगायतका ५ जिल्लाको मतगणना परिणाम आउन बाँकी रहे पनि पोखरेल विजयी भएका हुन् । उनले २ हजार १ सय बढीको अग्रता लिएका छन् । सबै जिल्लाको मत आएपछि मात्रै निर्वाचन समितिले औपचारिक घोषणा गर्नेछ ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारीको माधव नेपाल पक्षसहित ११ संगठनको संयुक्त प्यानलका अधिकाशं उम्मेदवार विजयी भएका छन् । महासचिवमा रोशन पुरी विजयी भएका छन् ।

प्रेस चौतरीकै ओली पक्ष र जनता समाजवादी पार्टी निकट प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा समुहको नेतृत्व गरेकी निर्मला शर्मा पोखरेलको निकटतम प्रतिद्वन्द्वी बनेकी छिन् ।

यसैगरी स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका गजेन्द्र बुढाथोकीले पनि केही मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ४ : ५२ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको