६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कांग्रेसको सत्ता समीकरण प्रस्तावबारे छलफल गर्न जसपा पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले औपचारीकरुपमा सत्ता समीकरणका लागि प्रस्ताव गरेसँगै जनता समाजवादी पार्टी (जसपा) ले पदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेसका प्रस्तावका विषयमा छलफल गर्न आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक डाकिएको जसपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बोलाईएको बैठकले कांग्रेसले राखेको सत्ता समिकरणका बिषयमा छलफल हुने बताईएको छ ।

शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेताहरुलाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर नयाँ सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए।

देउवाको प्रस्तावमा माओवादीले समर्थन जनाए पनि जसपाले भने केहीदिनको समय दिन आग्रह गरेका थिए।

नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ। अध्यक्ष महन्त ठाकुर सहित राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओली सरकारको निरन्तरताका पक्षमा देखिएका छन् भने उपेन्द्र यादव, महेन्द्र राय यादव, डा. बाबुराम भट्टराई ओली सरकारको बिल्प खोज्नु पर्ने पक्षमा उभिएका छन् ।

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले पनि आजै दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ४८ बजे

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व