३ आश्विन २०८३, शनिबार | September 20, 2026

फेसबुकमा सार्वजनिक भयो प्रचण्ड पत्नीको भावुक बनाउने यस्तो तस्वीर, आखिर भएको के हो ?



काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला धेरैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिताको एक तस्वीर राख्दै स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

छोरीहरु गंगा र रेणु दाहालसँगको एक सेल्फीमा प्रचण्ड पत्नी सिता निकै कमजोर देखिएकी छिन् । शनिवार भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी प्रचण्ड पुत्री रेणुले बहिनी गंगासहित आमा सिताको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

उनले शेयर गरेको उक्त तस्वीरमा आइतबार मध्यान्हसम्म १४ हजार बढीले कमेन्ट मार्फत स्वास्थ्यलाभको कामना गरिरहेका छन् । तस्वीरमा सिता निकै कमजोर र भावुक देखिएको भन्दै चिन्ता व्यक्त गर्ने माओवादी केन्द्रका कार्यकर्ता र सर्वसाधारणको संख्या पनि उत्तिकै छ ।

के सिताको अवस्था पहिला भन्दा कमजोर भएको हो ?

बिरामी रहेकी सिता यतिबेला चितवनमा रहेकी छिन् । चितवनमा रेणु र आमासँगको सेल्फी गंगाले लिएकी थिइन् । कुनै सन्दर्भ विशेष भन्दा पनि दिदी र आमासँग सँगै भएको बेला फोटो खिचिएको गंगाले बताएकी छिन् ।

मानिसहरुले सिताको स्वास्थयबारे चासो लिइरहँदा गंगाले भने आमाको स्वास्थ्य सामान्य नै रहेको बताइन् । ‘आमाको स्वास्थ्य सामान्य नै छ, केही तौल भने घटेको छ । फेसबुकमा फोटो राखेपछि मानिसहरुले के भएको हो भन्दै चासो राखिराख्नु भएको छ’ उनले भनिन् । सिताको नियमित उपचार भइरहेको छ । उनले थेरापी र नियमित औषधि सेवन गरिरहेकी छिन् ।

के भएको हो सितालाई ?

दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी ९प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी०बाट पीडित छन् । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या भोगिरहेकी छिन् । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।

प्राकृतिक चिकित्साविधीबाट उपचारका लागि भन्दै सीतालाई बाबा रामदेवको आश्रममा पनि लगिएको थियो । त्यसअघि प्रचण्ड पत्नीसहित म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि भन्दै पुगेका थिए । केही महिना अघि मात्र पनि सितालाई उपचारका लागि भारत लगिएको थियो । दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपर न्युक्लियर पाल्सीबाट पीडित रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० वर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाई छ ।

एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : ४९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब