७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

फेसबुकमा सार्वजनिक भयो प्रचण्ड पत्नीको भावुक बनाउने यस्तो तस्वीर, आखिर भएको के हो ?



काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला धेरैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिताको एक तस्वीर राख्दै स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

छोरीहरु गंगा र रेणु दाहालसँगको एक सेल्फीमा प्रचण्ड पत्नी सिता निकै कमजोर देखिएकी छिन् । शनिवार भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी प्रचण्ड पुत्री रेणुले बहिनी गंगासहित आमा सिताको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

उनले शेयर गरेको उक्त तस्वीरमा आइतबार मध्यान्हसम्म १४ हजार बढीले कमेन्ट मार्फत स्वास्थ्यलाभको कामना गरिरहेका छन् । तस्वीरमा सिता निकै कमजोर र भावुक देखिएको भन्दै चिन्ता व्यक्त गर्ने माओवादी केन्द्रका कार्यकर्ता र सर्वसाधारणको संख्या पनि उत्तिकै छ ।

के सिताको अवस्था पहिला भन्दा कमजोर भएको हो ?

बिरामी रहेकी सिता यतिबेला चितवनमा रहेकी छिन् । चितवनमा रेणु र आमासँगको सेल्फी गंगाले लिएकी थिइन् । कुनै सन्दर्भ विशेष भन्दा पनि दिदी र आमासँग सँगै भएको बेला फोटो खिचिएको गंगाले बताएकी छिन् ।

मानिसहरुले सिताको स्वास्थयबारे चासो लिइरहँदा गंगाले भने आमाको स्वास्थ्य सामान्य नै रहेको बताइन् । ‘आमाको स्वास्थ्य सामान्य नै छ, केही तौल भने घटेको छ । फेसबुकमा फोटो राखेपछि मानिसहरुले के भएको हो भन्दै चासो राखिराख्नु भएको छ’ उनले भनिन् । सिताको नियमित उपचार भइरहेको छ । उनले थेरापी र नियमित औषधि सेवन गरिरहेकी छिन् ।

के भएको हो सितालाई ?

दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी ९प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी०बाट पीडित छन् । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या भोगिरहेकी छिन् । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।

प्राकृतिक चिकित्साविधीबाट उपचारका लागि भन्दै सीतालाई बाबा रामदेवको आश्रममा पनि लगिएको थियो । त्यसअघि प्रचण्ड पत्नीसहित म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि भन्दै पुगेका थिए । केही महिना अघि मात्र पनि सितालाई उपचारका लागि भारत लगिएको थियो । दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपर न्युक्लियर पाल्सीबाट पीडित रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० वर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाई छ ।

एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : ४९ बजे

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल