१७ असार २०८३, बुधबार | July 1, 2026

सत्ता समीकरणको मुख्य खेलाडी जसपा पदाधिकारी बैठक जारी



काठमाडौं । सत्ता समीकरणमा निर्णायक खेलाडी मानिएको जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक जारी छ ।

पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा नेपाली कांग्रेसले राखेको सत्ता सहकार्यको प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राखेको सहकार्यको प्रस्तावमा छलफल हुने बताइएको छ ।

शिर्ष ६ नेता सम्मिलित पदाधिकारी बैठकले गर्ने निर्णयले राजनीतिक कोर्ष कता अघि बढ्छ भन्नेबारेमा पनि निक्र्यौल हुनेछ ।

गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासम्मिलित संयुक्त बैठकमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेका थिए । तर, जसपाभित्र पूर्व राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण पक्षधरहरु भने प्रधानमन्त्री केपी ओलीले आफ्ना माग पुरा गरे उनीसँगै सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका छन् ।

उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई पक्ष भने ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नहुने भन्दै सकेसम्म आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने, त्यो नभए देउवालाई समर्थन गरेर भएपनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने अडानमा रहेका छन् ।

प्रतिनिधिसभाको अंकगणित अनुसार जसपाले जता समर्थन गर्छ उसैको सरकार बन्ने अवस्था रहेको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ३ : ३० बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश