१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै १५४ जना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ३०३ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । भने ६४ जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरी ३१ सय २५ जनाको पीसीआर परीक्षण र ६९० जनाको एन्टीजेन परीक्षण गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२८, भक्तपुरमा ११ र ललितपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट जम्मा १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल देशभर ८३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ९७ दशमलव ९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि शनिवार नेपालमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १ जनाको कोरोना संक्रमणको कारण निधन भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : १३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा