१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु



बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ भटेराकी एक वृद्ध महिलाको हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । मृत्यु हुनेमा ६० बर्षीया भुण्टी बोहोरा रहेकी छन् ।

घर छेउमा रहेको सालझुण्डी मध्यवर्ती सामुदायिक वनको छेउमा रहेको शेरबहादुर थारुको खेतमाबाख्रा चराउँदै गर्दा बोहोरालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले समातेर दुई सय मिटर जंगलभित्र लगेर मारेको प्रहरीले जनाएको छ ।

हात्तीले आक्रमण गरेको थाहा पाएपछि स्थानीबासीले होहल्ला गरेपछि हात्ती मृतक बोहोरालाई छोडेर भागेको थियो । बोहोराको शवलाई पोष्टमार्टमका लागि राजापुर लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

यसअघि बर्दियामा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने गरेपनि लामो समयदेखि हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएको थिएन ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग