१७ असार २०८३, बुधबार | July 1, 2026

वैवाहिक अंगीकृत नागरिकतामा समय सिमा हटाउन जसपाको माग



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधन गर्न माग गरेको छ ।

जसपाले नागरिकता सम्बन्धी विधेयकको प्रतिवेदनबाट वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने प्रावधान हटाउन माग गरेको हो ।

७ असार २०७७ मा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन’मा वैवाहिक अंगीकृत नागरिकता पाउन विवाह गरेर नेपाल आई निरन्तर ७ वर्षसम्म नेपालमै बसोबास गरेपछि मात्र नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था गरिएको थियो ।

‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोवास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ’ नागरिकता विधेयकको प्रतिवेदनको बुँदा नम्बर ४ मा उल्लेख गरिएको छ ।

जसपाले भने यो प्रावधान हटाएर जतिसक्दो छिटो नागरिकता विधेयक पारित गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जसपाका सांसद प्रदीप यादवले वैवाहिक अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने प्रावधान हटाएर नागरिकता विधेयक अगाडि बढाउन माग गरे।

उनले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष कुनुपर्ने प्रावधान राखेर कानून बनाए त्यसले मुलुकको समस्या समाधान नगर्ने बताउँदै ७ वर्षे प्रावधानले मधेसीलाई मात्र नभएर पूर्वका लिम्बु र सुदुरपश्चिमका खसआर्यमा पनि असर पार्ने दाबी गरे । ‘यो प्रावधान पास भयो भने भलो गर्दैन,’ यादवले भने, ‘यो प्रावधानले नेपाल र भारतका बीचमा रहँदै आएको वैवाहिक र सांस्कृतिक सम्बन्धमा समेत असर पर्छ ।’

नागरिकताविहीन भएर ७ वर्षसम्म नेपालमा बस्न समस्या हुने यादवको भनाइ छ ।

यादवले संसदमा नागरिकता बिहिन बन्ने दाबी गरेपनि राज्य व्यवस्था समितिले भने ७ वर्षे प्रावधान राख्दा त्यसको विकल्पमा तत्काल वैवाहिक अंगीकृत नागरिकताको सट्टा स्थायी आवासीय परिचयपत्र दिने नयाँ व्यवस्था राखेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ५९ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश