२२ बैशाख २०८१, शनिबार | May 4, 2024

शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलको कालिका मानवज्ञानको पठनपाठन बन्द



बुटवल । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै चर्चामा रहेको बुटवलस्थित कालिका मानवज्ञान माविको पठनपाठन बन्द गरिएको छ ।

भारतका विभिन्न स्थानको शैक्षिक भ्रमण गरेर फर्किएका विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो । गत साता मात्र बिद्यालयले भारतका बिभिन्न शहरहरुमा बिद्यालयको शैक्षिक भ्रमण लगेको थियो ।

शिक्षकहरुमा कोरोना पुष्टि भएपछि बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनालले जानकारी दिए । उनले भ्रमणमा गएका शिक्षकहरुमध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि गत शुक्रवारदेखि नै विद्यालय बन्द गरिएको बताए । विद्यालयबाट प्रधानाध्यापक सहित करिब १ सय जना शिक्षकहरु शैक्षिक भ्रमणको लागि भारत गएका थिए । तिमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरु शिक्षकहरु पनि होम आईसोलेसनमा रहेको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै बुटवल १२ ढवाह स्थित ग्लोबल पिस पार्कमा रहेको ब्रम्ह कुमारी राज योग केन्द्रका ब्रम्हाकुमारीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । पिस पार्कमा रहेका ४ जना ब्रम्हाकुमारीमा कोरोना संक्रमण देखिएपछि पिस पार्क नै बन्द गरिएको छ। उनिहरुपनि यसैसाता भारतको विभिन्न स्थानमा पुगेर बुटवल फर्किएका थिए ।

सोमबार मात्रै बुटवल कोरोना विशेष आईसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हालसम्म जिल्लामा मृत्यु हुने संक्रमितको संख्या १ सय ५७ पुगेको छ । त्यस्तै सोमबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमण देखिएकाहरुको संख्या ९ हजार २ सय ५६ पुगेको छ भने ८ हजार ९ सय ७८ जना संक्रमण मुक्त भईसकेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ४९ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि