६ श्रावण २०८३, बुधबार | July 23, 2026

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ७० हजार नाघ्यो



एजेन्सी । भारतमा एकैदिन ९ सय ४ जनाको कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।

कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार एक सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमवार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो सङ्ख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै सबैभन्दा धेरै भएको सरकारी स्रोतले सोमबार जनाएको छ ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

आइतबार भाइरस सङ्क्रमणको कारण ९ सय ४ जनाको मृत्यु भएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो सङ्ख्या सबैभन्दा उच्च हो ।

भारतका कूल सङ्क्रमितको सङ्ख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : १२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क