१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकाहरुलाई बैशाख ७ गतेदेखि दोस्रो डोज खोप लगाईदै



काठमाडौं । पहिलो चरणमा खोप लगाएका व्यक्तिहरुलाई सरकारले आगामी बैशाख ७ गतेदेखि दोस्रो डोज खोप लगाउने भएको छ ।

बैशाख ७ गतेदेखि ११ गतेसम्म लक्षित समुहलाई खोप लगाइने स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप लगाएका व्यक्तिहरुले यस चरणमा खोप लगाउन पाउनेछन् ।

स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था लगायतका व्यक्तिहरुलाई ५ दिनको बीचमा खोप लगाइने कार्यक्रम सार्वजनिक गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १९ वटा अस्पतालबाट यो खोप दिइनेछ । भारतबाट अनुदान र खरिद गरेर ल्याइएको कोभिसिल्ड खोप लगाइनेछ । यसैगरी दोदस्रो चरणमा ६५ वर्षदेखि माथिका व्यक्तिहरुलाई दोस्रो डोज दिइनेछ ।
सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई कोभिसिल्ड खोप लगाइदिएको थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : १२ बजे

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ

गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका

दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र

तनहुँ । राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान