१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नहुदासम्म मुलुक असुरक्षित छ : केशर बहादुर बिष्ट



बुटवल । राष्ट्रिय शक्ति नेपाल अभियानका अध्यक्ष केशर बहादुर बिष्टले संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नहुदासम्म मुलुक असुरक्षित रहने दावि गरेका छन् ।

राजतन्त्र, हिन्दु राज्य र संघीयता खारेजको अभियान चलाइरहेका उनले देश बचाउनका लागि राजतन्त्र र हिन्दु राज्यका पक्षमा उभिन जरुरी रहेको बताए ।

‘सबैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र संघीयता खारेज यी तीन मुद्धा पुरा नभए मुलुक रहदैन, उनले जिकिर गरे,-‘अहिले मुलुक तहसनहस पार्ने काम भइरहेको छ । माटो जोगाउन देशभक्त एक हुनुपर्छ ।’

मुलुकका ६६ जिल्लामा राष्ट्रिय शक्ति नेपाल अभियान लिएर पुगिसकेका विष्टले मंगलबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशभित्रका राजनीतिक पार्टी जोगाउन पनि राजा सहितको संविधान आवश्यक रहेको जिकिर गरे । देश हरेमात्रै राजनीति र जनता रहने भन्दै देशै मास्ने काम गणतन्त्रका नाममा भइरहेको उनको भनाई छ ।

देशमा जातजातिको नामा विखण्ड निम्त्याउने काम भइरहेकाले यसले मुलुकलाई तहसनहस पार्ने उनले बताए । सबै नेपाली एकै हुन भन्ने भावनाको विकास गर्नका लागि राजतन्त्र आवश्यक रहेको उनको भनाई छ ।

‘बर्तमान संविधान नच्यातिदासम्म हाम्रो अभियान चलिरहन्छ, उनले भने,-‘हाम्रा तीन मुद्धामा सहमत हुनेहरु अभियानमा जोडिन सक्नेछन् । यसमा कुनै राजनीतिक आस्थाको बन्देज लाग्दैन ।’ उनले आफूहरु राप्रपाको विषयसंग नमिल्ने जिकिर गरे । गणतन्त्र सहितको संबिधानमा हस्ताक्षर गर्ने अनि राजतन्त्र चाहिन्छ भन्ने राप्रपासंग आफूहरुको कहिल्यै सहकार्य नहुने उनले बताए ।

कम्युनिष्ट नेतामा मनमोहन अधिकारी र कांग्रेस नेता विपि कोइरालाका अनुयायीहरुले उनीहरुकै आदर्शलाई ल्याएर अघि बढेको बताए । ‘म मनमोहन र विपिलाई आदर्श मान्छु, उहाहरुले कहिल्यै देशको विरुद्धमा काम गर्नुभएन । अहिलेका लागि राजा चाहिन्छ भन्नुभयो, विष्टले भने,-तर अहिलेका नेताहरु सबै आदर्श भुलेर परिचालित भएका छन् ।’

राप्रपाका संस्थापकमध्येका एक विष्टले आफू राजतन्त्र, संधीयता विरोध र हिन्दु राष्ट्रको पक्षमा जनमत जुटाउन अभियान लिएर हिडेको बताए । ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने उनको भनाई छ ।

तर आफूहरु अहिलेकै संबिधान अन्र्तगत हुने निर्वाचनमा भाग नलिने उनले बताए । शक्ति नेपालले रुपन्देहीमा जिल्ला समिति निर्माण गरेको छ । यसको समितिमा २ सय १ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : २० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका