१५ चैत्र २०८२, आइतबार | March 29, 2026

देशबासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन : देशमा अभूतपूर्व उपलब्धी हासिल भएको छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ मा देशमा अभूतपूर्व उपलब्धी हासिल भएको दाबी गरेका छन् ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका बाबजुद देशमा कैयौं उपलब्धी हासिल भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले काठमाडौंबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । ‘मेलम्चीको पानी ल्याउने सपना धाराधारामा पुर्याउनु गफ मात्रै थिएन’, उनले दाबी गरे, ‘ओलीले आफुलाई जस वा श्रेय लिने होडवाजी लिने आवश्यकता छैन ।’

प्रधानमन्त्री ओलीले सरकारले थुप्रै काम गरेको बताउँदै ओलीले देशमा हिंसाको अन्त्य गरिएको दाबी गरे । ओलीले जनतामा आशा जगाउने काम गरेको दाबी गरे । ओलीले दिनमा साढे ५ किलोमिटर भन्दा लामो बाटो बनेको दाबी गरे । उनले आफ्नो कार्यकालमा देशमा असाधारण प्रगति भएको बताए ।

संसद भवन बनाउने कामको सुरुवात भएको बताए ।उनले देशबाट गरिबी हटाउनु मात्र आफ्नो उद्देश्य रहेको बताए । उनले डिजिटल नेपालको परिकल्पना पुरा गर्ने बताए ।

ओलीले लुम्बिनी र गोदावरीमा सभा भवन भएको बताए ।  ओलीले जनकपुरमा दुई वटा रेल ल्याइसकिएको बताउँदै यसैमहिनाबाट रेल चलाउने दाबी गरे । उनले आशा जगाउने, जनतामा विश्वास जगाउने र विकास निर्माणका काम गर्ने बताए ।

जतासुकै पुल बनेको, महाकालीदेखि कोशीसम्म नदी कोरिडोर बनेको पनि उनले बताए । राजमार्गहरु बन्ने र स्तरोन्नती हुने क्रममा रहेको उनले बताए । पूर्वदेखि पश्चिमसम्मका जनताले मदनभण्डारी राजमार्ग बनेको देखेको पनि उनले बताए ।

कोरोना महामारीलाई नियन्त्रण गर्न ठूलो सफलता हासिल भएको बताए । दिनमा १२ वटा आवास भवन तयार भएको छ । सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या बढेको छ । सामाजिक सुरक्षा भत्ता आउने दिनमा बढ्ने उनले प्रतिवद्धता जनाएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता कार्यान्वयनमा आएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको स्पष्ट पारे । कोरोनाबाट वच्नु नै अहिलेको आवश्यकता भएको बताउँदै उनले सतर्कताको विधिबाट हामी परिस्थितिलाई बिग्रन नदिने प्रयासमा रहेको बताए । उनले सबैलाई कोरोनाबाट जोगिन आग्रह गरे ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ३१ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसनधान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई