७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री ओलीको आरोप : सभामुखले एमसीसी अघि बढाउन दिएनन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसी अघि बढाउन नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संसदमा टेबल गरेको एमसीसी विधेयकलाई निर्णयार्थ पेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन । ओलीले सभामुख अग्नि सापकोटाको नाम नलिइकन उनको भूमिकाप्रति असन्तुष्टि जनाए ।

सरकारले ल्याएका कुनै पनि कार्यक्रमलाई रोक्न संसदलाई अधिकार नभएको बताउँदै उनले सभामुखले संविधान नमानेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेश गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले एसिड प्रहार र बलात्कार विरुद्ध ल्याएको अध्यादेशलाई संसदमा पेश गर्न नदिएको आरोप लगाए । मुद्दा हालेर संसद ब्यँुताएकाहरुले जनताले माग गरेका ती विधेयक पेश गर्न नदिएको जिकिर गरे । संसद अधिवेशनको पहिलो बैठकमा ती अध्यादेशहरु पेश गर्न नदिँदा कानुन बनाउन अप्ठेरो भएको बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई