२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रधानमन्त्री ओलीको आरोप : सभामुखले एमसीसी अघि बढाउन दिएनन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसी अघि बढाउन नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संसदमा टेबल गरेको एमसीसी विधेयकलाई निर्णयार्थ पेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन । ओलीले सभामुख अग्नि सापकोटाको नाम नलिइकन उनको भूमिकाप्रति असन्तुष्टि जनाए ।

सरकारले ल्याएका कुनै पनि कार्यक्रमलाई रोक्न संसदलाई अधिकार नभएको बताउँदै उनले सभामुखले संविधान नमानेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेश गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले एसिड प्रहार र बलात्कार विरुद्ध ल्याएको अध्यादेशलाई संसदमा पेश गर्न नदिएको आरोप लगाए । मुद्दा हालेर संसद ब्यँुताएकाहरुले जनताले माग गरेका ती विधेयक पेश गर्न नदिएको जिकिर गरे । संसद अधिवेशनको पहिलो बैठकमा ती अध्यादेशहरु पेश गर्न नदिँदा कानुन बनाउन अप्ठेरो भएको बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ५७ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको