१५ बैशाख २०८१, शनिबार | April 27, 2024

त्रिकोणात्मक टी-२० : नेपाली क्रिकेट टोलीको घोषणा



काठमाडौं   नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।

त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : ११ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको