काठमाडौं । बाँकेमा बिगत केहि महिनाको रेकर्ड ब्रेक गर्दै एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावको मात्र रिपोर्टमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
बाँकेका स्थानीय तथा बाँकेमा बिभिन्न जिल्लाबाट बसोबास गर्दै आएकाहरुमा स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा पीसीआर परीक्षा गर्न आएका १२३ जनाको स्वावको बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । उनीहरुले मंगरबार भेरीको पीसीआर ल्यावमा स्वाव दिएका थिए । भेरी बाहेक नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याव तथा नेपाल भारतसिमाको जमुनाहामा गरिएको एन्टिजिन परिक्षणको रिपोर्ट आउँदा सम्म यो संख्या बढ्न सक्ने फोकलपर्शन ओली ले बताए


















प्रतिक्रिया