१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

अविश्वासको प्रस्तावमाथि छलफल चलाउन गण्डकी प्रदेश प्रमुखलाई विपक्षी दलहरुद्वारा पत्र



पोखरा । अविश्वासको प्रस्ताव आउन थालेको भन्दै हतारमा संसद अधिवेशनको अन्त्य गरेका गुण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अन्नतः अविश्वासको प्रस्ताव दर्ता भएरै छाडेको छ । विपक्षी कांग्रेस र माओवादीको अगुवाईमा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै गण्डकीका विपक्षी दलहरुले प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन्।

आफू विरुद्ध विपक्षीहरुको मत पुग्ने देखेपछि प्रदेश सभाको जारी सातौँ अधिवेशन बुधबार मध्यरातदेखि मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचन मार्फत अन्त्य गराएका थिए । अधिवेशनअन्त्य भएको घोषणा भएलगत्तै दलहरुले बिहीबार प्रदेश प्रमुख शेरचनसमक्ष विशेष अधिवेशनको माग गरेका हुन्। अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरेचनसमक्ष निवेदन बुझाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन माग गरेका हुन्। गुरुङ सरकारका विरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मत दिने घोषणा गरेपनि बिशेष अधिवेशन बोलाउने निबेदनमा भने राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरेका छैनन् ।

संविधानको सो उपधारामा ‘प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ।भन्ने ब्यवस्था रहेको छ ।

तीन दलले दर्ता गराइएको अविश्वास प्रस्तावउपर संसद अन्त्य भएका कारण छलफल हुन नसक्ने भएकाले विशेष अधिवेशन माग गरिएको जनाएका छन्।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यसअघि पनि गण्डकीमा विशेष अधिवेशन माग गरेका थिए।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ३ : ५२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले