२३ बैशाख २०८३, बुधबार | May 7, 2026

मुलुकका १३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने



काठमाडौं । मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ ।

खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन तथा अन्वेषणणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

विभागले सल्यानको कपुरकोट, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा, मकवानपुरको सुपिनमा मार्बल, गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोकको पाँच स्थानमा बालुवा उत्खनन गर्न लागेको छ ।

धादिङको बेनीघाट-रोराङ गाउँपालिकास्थित धुसा, म्याग्दीको ओखरबोट र मकवानपुरको आग्राखोलामा तामा र मकवानपुरको दामनमा कावालीनको विस्तृत अन्वेषण गर्न लागेको छ ।

महानिर्देशक घिमिरेलले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका स्वदेशी तथा विदेशी कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गरेर राम्रो कम्पनीलाई उत्खननका लागि अनुमति प्रदान गरिने बताए ।

खानी तथा खनिज पदार्थ नियमावलीअनुसार प्राविधिक प्रस्तावमा ६० प्रतिशत र आर्थिक प्रस्तावलाई ४० प्रतिशत आधार मानेर मूल्याङ्कन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : २४ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा